News

आफनो घर टाल्न नसकेर अर्काको नयाँ घरमा सरेका ‘गर्भे कांग्रेस’

यसरी देखियो संसदीय निर्वाचनको टिकट र राष्ट्रपतिको अर्थविज्ञ हुन नपाउँदाको रियाक्सन

आफनो घर टाल्न नसकेर अर्काको नयाँ घरमा सरेका ‘गर्भे कांग्रेस’

आफुलाई गर्भे कांग्रेस भन्ने अर्थविद स्वर्णिम वाग्ले भत्किदै गरेको आफनो घर स्याहार्न नसकेपछि अर्काको नयाँ घरमा सरे। आफु निकटका कांग्रेस नेतालाई ह्वाट्अप म्यारेज गरेर मोवाईल स्विच अफ गरेका उनी एकै पटक राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता भएर मात्रै अवतरित भए।

उनको भनाई अनुसार कांग्रेसमा दाई–भाउजु (शेरबहादुर–आरजु) को अपमान सहन नसकेर उनी घर सरेका हुन। यसबाट के प्रष्ट हुन्छ भने उनी आफनो घर सुधार्न नसकेपछि आफै सुध्रिए। वाग्ले कांग्रेसभित्र विरक्तिनु पर्ने कारण धेरै छन्, तर पछिल्लो कारण भने राष्ट्रपति रामचन्द्र पौडेलको अर्थविज्ञ (सल्लाहकार) हुन नपाएको झोंकमा उनले घरै परिवर्तन गरेको पाईएको छ।

पौडेलले राष्ट्रपतिमा निर्वाचित भएसँगै विज्ञका रुपमा स्वर्णिमलाई आफनो सचिवालयमा भूमिका दिन खोजेका थिए । तर प्रक्रिया अघि बढेन । त्यसमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको भूमिका रहेको पाईएपछि उनले कांग्रेस छोडेका हुन। 

उनी स्वयम् पनि यो कुरा स्विकार्छन। तर, त्यो मात्र कारण नभएको उनको भनाई छ। ‘कांग्रेस छोड्नु परेको त्यो प्रधान कारण होइन’ उनी भन्छन्–‘एउटा पक्षले गरेको निरन्तर अपमानको श्रृंखलामध्ये यो एक हो ।’

कांग्रेसभित्र पटक–पटक अवसर खोज्दै आएका वाग्ले दाईभाउजुकै कारण सधैं दैलो वाहिर परेपछि घर छोड्नु पर्ने अवस्थामा पुगेको उनकै भनाईले प्रष्ट हुन्छ। यसअघि उनले संसदिय चुनाव लड्ने योजना समेत वनाएका थिए। तर, सभापति देउवाको चलाखीले उनले त्यो अवसर पाएनन्।

स्वर्णिमा लागि कांग्रेस महामन्त्री गगन थापाले आफनै क्षेत्र समेत त्याग्न खोजे। उनले आफनो क्षेत्र स्वर्णिमलाई छोडेर सर्लाही जाने तयारी गरेका थिए। तर, देउवाले त्यहाँको टिकट अर्कैलाई दिएपछि गगन थापा अन्ततः काठमाण्डौं ४ मै फर्किए। 

वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । तर चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएपछि वाग्ले उत्तानो चित भए। 

वाग्लेले टिकट नपाउनुमा धेरैले नेतृत्वलाई दोस दिए। तर, त्यसको कारण भनेको उनी स्वयम भएको कांग्रेसका नेता÷कार्यकर्ता बताउँछन्। वाग्लेसँग असन्तुष्ट रहेको नेता÷कार्यकर्ता नै लागेर उनलाई टिकट विहिन वनाईएको उनीहरुको भनाई छ।

‘मै हुँ’ भन्ने अहमताका कारण उनले टिकट नपाएको कांग्रेसकै नेताहरु वताउँछन्। त्यतिवेला आफुलाई विज्ञको रुपमा प्रश्तुत गर्ने र नेता/कार्यकर्तालाई असभ्य ब्यवहार गर्ने गरेको गुनासो ब्याप्त थियो। उनलले पार्टी नेतृत्वमा रहेका नेताहरु समेतलाई हेपेर कुरा गर्ने, आफुनै जान्ने र अरु चाही केही नवुझेका झै ब्यपहार गर्ने, नेताहरुलाई ओझेलमा पार्ने खालका गतिविधि गर्ने गरेको गुनासो थियो।

निर्वाचन लड्नकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर आएका वाग्ले टिकट नपाएपछि विच्किए। सोही समयदेखि नै उनले कांग्रेसमा आफनो भविष्य नदेखेर विकल्प खोजेको वताईन्छ। 

अहिले उनी तनहुँ १ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार वनेका छन्।

यो पनि,

स्वर्णिम वाग्ले

विशेष