News विदेश

सुरतको सीजेएम कोर्टलाई चुनौती दिने तयारीमा राहुल गान्धी

सुरतको सीजेएम कोर्टलाई चुनौती दिने तयारीमा राहुल गान्धी

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले आफुलाई दोसी ठहर गर्ने सुरतको सीजेएम कोर्टलाई चुनौती दिने तयारी गरेका छन्। उनी आफूविरूद्ध लागेको मानहानी मुद्दाविरूद्ध अदालत जाने तयारीमा छन्।

आइतबार आफ्नी आमा सोनिया गान्धी, दिदी तथा कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी र भिनाजु रोबर्ट वाड्रासँग डेढ घण्टा लामो बैठकपछि राहुलले अदालतमा आफूविरूद्ध लागेको आरोपलाई चुनौति दिने बताए। 

राहुललाई सुरतको सीजेएम कोर्टले २ वर्षको लागि दोषी ठहर गरेको छ। उनलाई निर्णय चित्त नबुझे एक महिनाभित्र अपिल गर्नसक्ने समय पनि प्रदान गरिएको थियो। राहुलले सोमबार सुरत पुगेर आफूविरूद्ध लगाइएको आरोपलाई चुनौती दिनेछन्। 

राहुलले सन् २०१९ को लोकसभा चुनावको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै ‘मोदी थर’ का सबैलाई चोर भनेका थिए। उनले चुनावको ¥यालीलाई सम्बोधन गर्ने क्रममा यस्तो टिप्पणी गरेका थिए। 

उनीविरूद्ध गुजरातका सांसद भारतीय जनता पार्टीका पूर्व मन्त्री पूर्णेश मोदीले मानहानीको मुद्दा दायर गरेका थिए। यही मुद्दामा राहुललाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको हो। अदालतको यो निर्णयपछि राहुलको सांसद सदस्यता रद्द भएको थियो। जुनदिन उनीविरूद्ध फैसला भएको थियो, त्यही दिन लोकसभाको सचिवालयले उनको सदस्यता खारेज गरेको थियो। 

लोकसभा सचिवालयले हतारोमा काम गरेको भन्दै नरेन्द्र मोदी सरकारको आलोचना पनि भइरहेको छ। विपक्षीहरूले विरोधीलाई समाप्त पार्न भाजपाले अदालतको सहयोग लिएको आरोप लगाएका छन्।
 

राहुल गान्धी

विशेष