News

प्रश्नपत्र वितरणमा गम्भिर त्रुटी, नेपालीको परिक्षामा विज्ञानको प्रश्न

प्रश्नपत्र वितरणमा गम्भिर त्रुटी, नेपालीको परिक्षामा विज्ञानको प्रश्न

जारी एसईई परिक्षाको प्रश्नपत्र वितरणमा गम्भिर त्रुटी देखिएको छ। धनुषाको एउटा परीक्षा केन्द्रमा बुधवार पुग्नु पर्ने प्रश्न पत्र आजै पुगेको छ। आज नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको पाईएको छ । 

रामप्रसाद माविमा रहेको परिक्षा केन्द्रमा पठाईएको प्रश्नपत्रको खाममा नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका सिडिओ काशीराज दाहालले जानकारी दिए । 

पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा सुरु भएको थियो । 
 

एसईई

विशेष