News

स्वर्णिमले बीपीसँग तुलना गरेपछि रवि लामिछाने पनि लजाए !

स्वर्णिमले बीपीसँग तुलना गरेपछि रवि लामिछाने पनि लजाए !

नेपाली कांग्रेस परित्यागरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि अर्थविद स्वर्णिम वाग्ले अहिले राजनीतिक चर्चाको केन्द्रमा छन्। त्यसमाथि पार्टी सभापति रवि लामिछानेलाई विपी कोईरालासँग तुलना गरेपछि सामाजिक सञ्जालमा उनको तिव्र आलोचना भईरहेको छ।

खासगरी कांग्रेस पृष्ठमुमी भएका ब्यक्तिहरुको आलोचनाको शिकार भईरहेका छन्, वाग्ले। एउटा युट्युव च्यानलसँग कुरा गर्ने क्रममा वाग्लेले रवि लामिछानेलाई उर्जा र भिजनको हिसावले विपी कोईराला जस्तै भनेर तुलना गरेका छन् । 

‘अवको यो नयाँ, बास्तवमा तुलनै गर्ने हो भने रविजी, ०१५ सालको वीपी कोईरालाले नेतृत्व गरेको भिजन भएको, उर्जा भएको, एउटा आदर्श बोकेको, यो देशलाई एउटा निश्चित समयसिमा भित्र यहाँ पुर्याउँछु भन्ने हुटहुटीका साथ। त्यो तपाईको नेतृत्वमा त्यो उर्जा र भिजन देखिईराखेको छ नी, त्यो तुलना गर्न मिल्छ, त्यता। त्यो ड्राईभ। त्यसैले विपी कोईरालाको क्षयिकरणको एक मानेमा यो तरुण, त्यतिवेलाको क्रान्ति गर्दै आएको।’ भन्दै उनले लामिछानेको वढाई चलाई गरेका छन्।

‘विपी कोईरालकासँग तुलना गर्नु भो रविजीलाई ?’ भन्ने प्रश्नमा भने उनले भनेका छन्–‘होईन, त्यो उर्जा र स्पिरिटमा। त्यो हुटहुटी र एम्विसनको हिसावले देश वनाउनु पर्छ भन्नेमा।’

सँगै रहेका रवि भने उनको कुरा सुनेर सर्माएका छन्। ‘हुटहुटी र देश वनाउनु पर्छ भन्ने भावनाको कुर। हो। कहाँ विपी, हुने कुरै भएन।’ भन्दै आफु त्यो स्तरको ब्यक्ति नभएको वताएका छन्।

स्वर्णिम वाग्ले

विशेष