News

नेपाली ग्राहकले भरिभराउ हुने जोगबनी बजारमा गोली हानाहान, एक भारतीय घाइते 

नेपाली ग्राहकले भरिभराउ हुने जोगबनी बजारमा गोली हानाहान, एक भारतीय घाइते 

धेरै नेपाली ग्राहक पुग्ने भारतको जोगबनी बजारमा गोली हानाहान भएको छ । मोरङको विराटनगरनजिकैको रहेको उक्त बजारमा गोली हानाहान हुँदा एक भारतीय नागरिक घाइते भएका छन् ।

नेपाल–भारतको दरैया नाकानजिकै जोगबनी–४, टिकुलिया बस्तीमा सोमबार बिहान गोली हानाहान भएको हो । घट्नामा लागुऔषध कारोबारी संलग्न रहेको जनाईएको छ। गोली लागेर टिकुलिया बस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ।

घाईते सिंहको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । गोली प्रहार गर्ने र घाइते दुवै लागुऔषध कारोबार गर्ने गिरोेहका सदस्य रहेको खुल्न आएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

जोगबनी घरायसी सरसामान किन्न धेरै नेपाली पुग्ने बजार हो । विगतमा यस किसिमका घटना भइरहने जोगबनी पछिल्लो समय शान्त थियो । 
 

विशेष