पोखरा–१८ को वडाध्यक्ष पदको पुनः मतगणना हुने

पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुनः मतगणना हुने भएको छ। उच्च अदालत पोखराले त्यहाँको पुनःमतगणना गर्न आदेश दिएको छ।
कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुनः गणना गर्न फैसला गरेको हो। उच्च अदालतकै रोहवरमा पुनः मतगणना गर्न आदेश भएको अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।
मतगणनामा ३ मले पराजित एमाले उम्मेदवार पुस्कलबहादुर थापाले पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै निवेदन दर्ता गराएका थिए।
त्यहाँ कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएका थिए। निर्वाचन अधिकृतको कार्यालयले शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।