News

अदालत जाँदै डोनाल्ड ट्रम्प, हुन सक्छ जेल सजाय

अदालत जाँदै डोनाल्ड ट्रम्प, हुन सक्छ जेल सजाय

पोर्नस्टार स्टोर्मी डेनिल्ससँगको सम्वन्ध वाहिरिएपछि मुद्दा खेपीरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम आज अदालत उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा ब्यवस्था कडा पारिएको छ।

गोप्य सम्बन्ध रहेको भनिएकी पोर्न स्टारलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, 
राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

७६ वर्षीय ट्रम्पले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । आफ्नो बचाउका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति ट्रम्प अदालतमा उपस्थित हुन लागेको क्षणलाई अत्यधिक चासोको रुपमा हेरिएको छ ।

ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बास बसेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् ।

प्रहरीले ट्रम्प टावरलाई चारैतिरबाट घेरा हालेको छ । साथै ट्रम्प उपस्थित हुन लागेको अदालत वरपरका सडक पनि बन्द गराएर सुरक्षाकर्मी तैनाथ गरिएको छ । सामाजिक सन्जालहरुमा पनि कडा निगरानी गरिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

डेनियल्सलाई त्रासमा राखेर पैसा दिएको प्रमाणित भए उनी जेल जानसक्ने जनाईएको छ। आफूविरूद्धको अभियोगलाई ट्रम्पले ‘राजनीतिक प्रेरित’ भन्ने गरेका छन् । ‘ममाथि राजनीतिक प्रतिशोधका साथ मुद्दा चलाइएको छ । मेरो लोकप्रियताप्रति सबैलाई त्रास छ,’ उनको भनाइ छ । आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने उनको योजना छ । फौजदारी अभियोग पुष्टि भए ट्रम्पको अभिष्टमा ब्रेक लाग्नेछ ।

डोनाल्ड ट्रम्प

विशेष