News

धराने मेयर साम्पाङको धम्कीः धरानमा पानी ल्याउन बजेट नदिए सिंहदरबारमै धर्ना वस्छु

धराने मेयर साम्पाङको धम्कीः धरानमा पानी ल्याउन बजेट नदिए सिंहदरबारमै धर्ना वस्छु

धरानका मेयर हर्क साम्पाङले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई कोशीबाट धरानमा खानेपानी ल्याउने योजनामा बजेट नराखे सिंहदरबारमै धर्ना वस्ने धम्की दिएका छन्। सोमबार आयोगको कार्यालयमा पुगेको मेयरसहितको धराने टोलीले यस्तो धम्की दिएको हो।

मेयर साम्पाङले ४ दशकदेखि खानेपानीको एजेण्डा देखाएर राजनीति भइरहेको र आफू पनि त्यही मुद्दा लिएर मेयर निर्वाचित भएको भन्दै दीर्घकालीन रुपमा समाधान गर्ने आफ्नो चाहना भएको सुनाएका थिए।

‘तपाईं योजना प्रति सकरात्मक भइदिनुस्, हामी पनि सकारात्मक हुन्छौं । यो फेरि हाम्रो जबर्जस्ती पनि हो’, साम्पाङले श्रेष्ठलाई भनेका थिए, ‘खानेपानी मन्त्रालयले धरानको योजनालाई बजेट दिएन भने म आफैं धर्ना बस्न आउँछु पनि भनेको छु । खानेपानी नाथे पनि सरकारले दिन सक्दैन भने किन सरकार गठन गरिराख्नु नि ।’

नै माग गरेको थियो । श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदन अनुसार मात्र बजेट खर्च गर्नुपर्ने सुनाएका थिए ।

जवाफमा उपाध्यक्ष श्रेष्ठले संघीय सरकारले बजेट खर्च गर्नुअघि विस्तृत परियोजना प्रतिवेदन बनाएको हुनुपर्ने, प्रयोग हुने जमिन, कानुनी अवरोधलगायतका विषय समाधान भएको हुनुपर्ने लगायतका विषयमा मेयर साम्पाङको ध्यानाकर्षण गराएका थिए। 

‘कोशीबाट धरानमा खानेपानी लैजान २ अर्ब लाग्ने भए, बहुवर्षीय योजना हुनुपर्थ्यो । यही वर्ष कम्तीमा २० प्रतिशत बजेट हालेको हुनुपर्थ्यो अनि मात्रै आगामी वर्षमा ठूलो बजेट हाल्न सकिन्थ्यो ।’ उनले भने।

यसैगरी, मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदै आगामी बजेटमा राख्न आग्रह गरेका थिए। यस्तै करिब १ अर्ब ५० करोड लागत लाग्ने धरान उपमहानगरपालिका–२० को बानियाँ जलाशय निर्माण र खानेपानी तथा मोटरहरु खरिद गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने माग पनि उनले प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

शहरी विकासमन्त्री सीता गुरुङ, धरान क्षेत्रबाटै प्रतिनिधिसभामा निर्वाचित जसपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई समेतलाई भेटेर उनले सोही कुरा सुनाए। मंगलबार भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री गुरुङलाई भेटेर आवश्यकताको सूची बुझाएको पनि साम्पाङले फेसबुकमा लेखेका छन् । 

हर्क साम्पाङ

विशेष