विवादित कानुनको फन्दामा न्यायाधिश, गिरीविरुद्ध जारी भयो पक्राउ पुर्जी
![विवादित कानुनको फन्दामा न्यायाधिश, गिरीविरुद्ध जारी भयो पक्राउ पुर्जी](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/04/giri.jpg)
श्रीमतीलाई बलात्कार गरेको आरोपमा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले गिरी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई बैवाहिक बलातकार मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो।
सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको हो। गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन्। न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको छ।
यस पटक भने १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गरी लागु गरिएको विवादित ‘मुलुकी संहिता’ को शिकार न्यायाधिश नै भएका छन् । मुलुकी संहिताले श्रीमतीको इच्छाविपरित यौन सम्बन्ध राख्नुलाई बलात्कार मान्छ । श्रीमतीमाथि जबरजस्ती करणी गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो।
यो पनि,
- बलात्कारको आरोप लगाउने श्रीमती विरुद्ध न्यायाधीशले दिए ‘चोरी’को उजुरी
- न्यायाधिश नै परे विवादित कानुनको फन्दामा !