रविको मुद्दाको सुनुवाइ सकियो, आदेश आउदै

रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाई सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ । अदालतमा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।
सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
लामिछाने अहिले चितवन २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छन्।