News

राष्ट्रिय गानबारे ओलीको टिप्पणी– प्याँप्याँ धुन आवश्यक छैन

राष्ट्रिय गानबारे ओलीको टिप्पणी– प्याँप्याँ धुन आवश्यक छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको अनावश्यक धुन हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय गानको सुरुमा रहेको धुन हटाउन सरकारको ध्यानाकर्षण गराएकासँग माग गरेका छन्। बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘सयौं थुँगा फूलका हामी’ सुरु हुनुअघिको धुन आवश्यक नरहेको तर्क गरे।

राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउन पनि जरुरी नरहेको उनले बताए। ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन। म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु– राष्ट्रिय गान अगाडि जुन प्याँप्याँ धुन आउँछ नि सयौं थुँगा फूलका हामी भन्दा अगाडिको धुन, त्यो राष्ट्र गानबाट हटाउनुपर्छ’ उनले भने–‘त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन। म सरकारको ध्यानाकर्षण गराउँछु।’

राष्ट्र गान शब्दबाट सुरू भएर शब्दबाटै टुंगिनुपर्नेमा उनको तर्क छ।
 

विशेष