News विदेश

अनैतिक सम्वन्ध सार्वजनिक नगर्न पोर्न स्टारलाई घुस खुवाएको डोनाल्ड ट्रम्प पक्राउ

अनैतिक सम्वन्ध सार्वजनिक नगर्न पोर्न स्टारलाई घुस खुवाएको डोनाल्ड ट्रम्प पक्राउ

विभिन्न ३४ वटा आरोप लागेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।

७६ वर्षे ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए । उनी मंगलबार दिउँसो १ बजे न्यूयोर्कस्थित ट्रम्प टावरबाट निस्किएर अदालत गएका थिए ।

उनी अदालतभित्र प्रवेश गरेपछि आत्मसमर्पण गरे । त्यसपछि उनीविरुद्ध लागेका मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढ्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यही प्रक्रियालाई ट्रम्प औपचारिक रुपमा गिरफ्तारमा परेको भनेर लेखेका छन् । पक्राउ परे पनि उनीमाथि हतकडी भने लगाइएको छैन ।

अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो । त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस गरेका थिए ।

आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध ¥याली निकाल्ने कोसिस गरेका थिए । ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।

विशेष