News

सिक्किम घुम्न गएका ३ नेपालीको हिमपहिरोमा परेर मृत्यु 

सिक्किम घुम्न गएका ३ नेपालीको हिमपहिरोमा परेर मृत्यु 

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा भीषण हिमपहिरो गएको थियो।

हिमपहिरोमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठ गरी तीन जना नेपाली परेका छन्।

उनीहरु नेपालबाट घुम्न गएका थिए। तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् ।

घट्नामा १३ जना घाइते भएका छन् । मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिमपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझेका थिए । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए । 
 

हिमपहिरो

विशेष