News

अपरिचित महिलासँग पूर्वमन्त्री अब्दुल खानको अश्लील हर्कत, यस्तो छ भिडियो

अपरिचित महिलासँग पूर्वमन्त्री अब्दुल खानको अश्लील हर्कत, यस्तो छ भिडियो

सीके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री भएर राजिनामा दिएका अब्दुल खानको अश्लील भिडिओ अहिले चर्चामा छ। उपनिर्वाचनमा उम्मेदवारी दिने विषयमा गठवन्धनमा खटपट भएपछि खानेपानी तथा सरसफाइ मन्त्रीबाट राजिनामा दिएका खानको अस्लिल भिडियो अहिले सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाईरल छ।

मन्त्री छाडेपछि एकजना महिलासँग ह्वाटसएपमा अश्लिल गतिविधि गरिरहेको भिडिओ देख्न सकिन्छ। सुरुमा ति महिलाले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको खानले वताएका छन्। फेसबुकमा साथी बनेर करिब तीन साता कुरा भएपछि ह्वाट्सएपमा भिडिओ कल गरेर अश्लील फोटो र भिडिओ देखाएको उनको भनाई छ।

उनले भिडिओ ६ महिना पहिला आफु बाँकैमै हुँदाको भएको बताएका छन्। उक्त भिडियो इडिट गरेर जोडिएको पनि उनको दावी छ। फेसवुकमा ठिकै कुरा गरेपनि ह्वाट्सएपमा कुरा हुँदा भने सिधै त्यस्ता फोटो र भिडिओ देखाउन थालेको र पछि आफ्नै साथीलाई म्यासेन्जरमा पठाई दिएको उनले वताए।

भिडिओमा खानले अश्लील गतिविधि गरेको देखिन्छ। सुरुमा ती युवतीको अश्लील भिडिओ हेरिरहेका उनी पछि आफैं त्यस्ता गतिविधिमा संलग्न भएका छन्। ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी खानसँग रकमको बार्गेनिङ गरेको बुझिएको छ । खानले रकम दिन इन्कार गरी फेसबुकमा जोडिएका गिरोहका सदस्यलाई ब्लक गरेपछि गिरोहका सदस्यले उक्त भिडियो खानका फेसबुकमा जोडिएका अन्य व्यक्तिहरूलाई पठाएका थिए ।

भिडियोमा खान र युवतीको विचमा हिन्दी भाषामा कुराकानी भएको छ। 
 

अब्दुल खान अश्लील भिडियो

विशेष