News

भाउजुलाई ‘जेल हाल्छु’ भनेपछि यसरी लखेटिएका थिए स्वर्णिम वाग्ले !

भाउजुलाई ‘जेल हाल्छु’ भनेपछि यसरी लखेटिएका थिए स्वर्णिम वाग्ले !

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उपनिर्वाचन लड्दै गरेका अर्थविद स्वर्णिम वाग्लेले डा. आरजु राणा देउवासँगको सम्वन्ध विग्रिएका कारण कांग्रेस राजनीतिबाट लखेटिनु परेको पाईएको छ। ०७४ सालको निर्वाचनपछि वाहिरिएको उनको एउटा अभिब्यक्तिले उनी कांग्रेसमा टिक्न नसक्ने अवस्था वनाईएको कांग्रेसका नेताहरु वताउँछन्।

०७४ सालको निर्वाचन पूर्व कांग्रेस सभापति शेरबहादुर देउवाको ‘दाहिने हात’ रहेका वाग्ले सोही प्रकरणपछि टाढिनु परेको वताईन्छ। स्रोतका अनुसार चुनाव सकिएर नेकपाका अध्यक्ष केपी शर्मा ओली सरकार बनिसकेपछि एक दिन स्वर्णिम, डा. गोविन्दराज पोखरेल र डा. शेखर कोईराला खाजा खान एउटा रेन्टुरेन्टमा छिरेका थिए।

डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्याङ्क्वेटमा छिरेका उनीहरुले त्यो रेस्टुरेन्ट देउवाका भतिज तथा त्यतिबेलाका डा. आरजुका पीए प्रकाश देउवाको हो भन्ने थाहा नपाउँदा खुलेर पार्टीका आन्तरिक विषयमा गफ गरे। होटलका कुनै स्टाफले रेकर्ड गरेको सोही अभिब्यक्ति प्रकाश हुँदै आरजुसम्म पुगेपछि कांग्रेसमा स्वर्णिम सधैं लखेटिनु परेको स्रोतको दावी छ।

नेताहरुका अनुसार स्वर्णिमले ‘दाइ त मान्छे ठीक हुन, भाउजूलाई त मेरो बस चल्यो भने जेल जाक्दिन्छु’ भन्दै आरुजुको विषयमा अभिब्यक्ति दिएका थिए। आर्थिक अनियमितताका विषयमा केन्द्रित भएर गरेको उनको टिप्पणी नै उनका लागि अभिश्राप भएको वताईन्छ।

उनी स्वयमले पनि कांग्रेसमा दाई–भाउजु (शेरबहादुर–आरजु) को अपमान सहन नसकेर पार्टी छोडेको वताएका छन्। वाग्ले कांग्रेसभित्र रुष्ट हुनु पर्ने कारण शेरबहादुर–आरजु नै हुन भन्ने कुरा पछिल्ला घट्ना क्रमले पनि पुष्टि गर्छ।

राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएसँगै विज्ञका रुपमा स्वर्णिमलाई आफनो सचिवालयमा भूमिका दिन खोजेका थिए । तर प्रक्रिया अघि बढेन । त्यसमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको भूमिका रहेको पाईएपछि उनले कांग्रेस छोडेका हुन। 

यसअघि उनले संसदिय चुनाव लड्ने योजनामा समेत हन्डर खेपेका थिए। चुनाव लड्नकै लागि यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर आएका वाग्लेले उपचुनावमा पनि टिकट नपाएपछि कांग्रेसमा आफनो भविष्य नदेखेर विकल्प खोजेको वताईन्छ।  

स्वर्णिम वाग्ले

विशेष