News

युवराज सफलले रवि विरुद्ध दर्ता गरेको निवेदन काम लागेन

युवराज सफलले रवि विरुद्ध दर्ता गरेको निवेदन काम लागेन

चितवन– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका रास्पका सभापति रवि लामिछानेविरूद्ध युवराज सफलले दर्ता गराएको उजुरी काम नलाग्ने भएको छ। सफलले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः नागरिकता प्राप्ति गरेको भन्दै उजुरी दिएका थिए।

सफलको त्यो उजुरी काम नलाग्ने जनाईएको छ। रवि विरुद्ध पौडेलले उजुरी दिनै नपाउने कानुनी ब्यवस्था छ। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ मा उम्मेदवारीविरूद्ध उजुरी दिन पाइने २ वटा व्यवस्था छन्।

दफा १५ मा उम्मेदवारको लागि मनोनयन दर्ता भइसकेपछि निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा जोसुकैले उम्मेदवार अयोग्य रहेको वा हुँदैछ भन्ने कुराको प्रमाणसहित उजुरी गर्न सक्ने ब्यवस्था छ। 

दफा २१ मा मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा उसको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा उल्लेखित मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजुरी दिन सक्ने भनिएको छ।

चितवन– २ को उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ’सफल’को उजुरी नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए।

लामिछाने विरूद्ध पौडेलबाहेक चितवन–२ मै उम्मेदवारी दिएका अरू तीन जनाले पनि उजुरी दिएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर रवि विरुद्ध उजुरी दिएका छन्।

उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेका छन्।

रवि लामिछाने

विशेष