News

दुर्गा प्रसाईंको खुलासाः केपी ओली संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा छन्

दुर्गा प्रसाईंको खुलासाः केपी ओली संवैधानिक राजतन्त्र र हिन्दु राज्यको पक्षमा छन्

राजतन्त्र समर्थक मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली संवैधानिक राजतन्त्र भित्र्याउने र हिन्दु राज्य कायम गर्ने योजनामा रहेको खुलासा गरेका छन्।

बिहीबार दमकमा आयोजित कार्यक्रममा वोल्दै पूर्वएमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंले ओली संघीयता फाल्ने पक्षमा रहेको बताए। ओलीकै सल्लाहमा आफुले पूर्वराजा ज्ञानेन्द्रलाई झापा बोलाएर स्वागत गरिएको दाबी पनि उनले गरे।

पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएपछि आफू भेट्न आउँछु भनेकाले आफ्नै फोनबाट पारससँग कुरा गराएको प्रसाईंको भनाई छ। उनले सम्वोधनका क्रममा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाको खैरो उतारो।

‘ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई बोलाइहालें। राजा पनि आउन सहमत भएपछि बाले अहिले राजा नल्याऊ न नाति भन्नुभयो’ प्रसाईंले भने–‘आठराईको पानी खाएको मान्छे भएका कारण इज्जतकै लागि पूर्वराजालाई मेची पुल बोलाएर स्वागत गरियो।’

त्यही बहानामा आफूलाई एमालेले कारबाही गरेको उनको गुनासो छ। प्रसाईं पछिल्लो समय राजा फर्काउने लक्ष्यसहित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नेतृत्वमा छन्।
 

विशेष