News

विश्वका धनाड्यले लगाउने घडीको चर्चा, कस्को घडी कति महंगो ?

विश्वका धनाड्यले लगाउने घडीको चर्चा, कस्को घडी कति महंगो ?

विश्व प्रसिद्ध फ्रोब्स म्यागेजिनले सार्वजनिक गरेको सूचिमा यस पटक फेसन ब्राण्ड लुई भिटनको प्यारेन्ट कम्पनी एलभीएमएचका मालिक बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति भए।

सन् २०२१ देखि विश्व धनाढ्य व्यक्तिको पहिलो नम्बरमा रहेका टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

हाल उनको रियल टाइम अर्निङ १८६ दशमलव ६ बिलियन डलर रहेको छ । ट्वीटरका मालिक समेत रहेका दोस्रो स्थानका एलन मस्कको रियल टाइम अर्निङ १८५ दशमलव ४ बिलियन डलर रहेको छ । यस्तै १३४ दशमलव ८ बिलियन डलरका साथ भारतीय अर्बपति गौतम अडानी विश्व धनाढ्य व्यक्तिको तेस्रो स्थानमा छन् ।

यसैगरी, ल्यारी इलिसन, वारेन बफेट, कर्लोस स्लिम, जेफ बेजोस, बिल गेट्सलगायतका धनी ब्यक्तिले लगाउने घडी कति महँगो होलान ? व्यक्ति जति धनी छ घडी पनि उत्तिकै महँगो लगाउने गरेको पाइएको छ ।

संसारका सबैभन्दा धनी व्यक्ति बर्नाल्र्ड अर्नाल्ट संसारकै सबैभन्दा महँगो घडी लगाउँछन् । फ्रान्सेली नागरिक बर्नाल्ड पेरिसमा बस्दछन् र उनको व्यवसाय नै विलासिताका सामानको उत्पादन र वितरणसँग जोडिएको छ ।

अहिले उनले लगाउने घडीको नाम टिफानी पटेक फिलिप्पे हो । यसको न्युटिलस ५७४० मोडेल उनले लगाउने गरेका छन् । यसको मूल्य ६५ लाख डलर भएको बताइन्छ । सन् २०२१ को डिसेम्बरमा उनका लागि यो मोडेल टिफानी कम्पनीले बनाएको थियो । उनको घडीको मूल्य त्यस कम्पनीका अन्य ब्रान्डको सामान्य बजार मूल्यभन्दा १२० गुणा बढी हो।

एलन मस्ले रिचार्ट मिले ब्रान्डको ०२९ मोडेल घडी लगाउँछन् । यसको मूल्य २ लाख ५० हजार डलर छ । ल्यारी इलिसनको भने कुनै एक ब्रान्ड छैन । उनी रोलेक्सदेखि पानेराईसम्म लगाउने गर्थे । अहिले भने उनी रिचार्ड मिले ब्रान्डको ००५ मोडेल लगाउँछन्। जसको मूल्य १ देखि २ लाख डलरसम्म हुन्छ । उनलाई व्यवसाय जगतमा ‘टेक्नोलोजी टाइकुन’ भन्ने गरिन्छ । 

वारेन बफेट रोलेक्स घडीका शौखिन हुन् । हिजोआज ४० हजार २ सय डलर पर्ने उनी क्यासिक रोलेक्स डेडेट मोडेल लगाउँछन । मेक्सिकन बिजनेस सम्राट भनिने कार्लोस स्लिमले लगाउने घडी रोलेक्स डेटोना हो । यसको मूल्य भने ३५ हजार डलर छ । 

अमेजन डटकमका मालिक जेफ बेजोस १२ हजार ९ सय डलर पर्ने युलिसी नर्दिन ड्युअल टाइम घडी लगाउँछन् भने माइक्रोसफ्टका मालिक बिल गेट्स ट्यांग हेउयर प्रोफेसनल २००० घडी लगाउँछन्। यसको मूल्य १४ सय डलर हो।

विशेष