News

मलेसियाकै शैलीमा नेपाल छिर्दैछ चीन, यसरी वढ्दैछ हस्तक्षेप र कब्जा

सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि खतरा

मलेसियाकै शैलीमा नेपाल छिर्दैछ चीन, यसरी वढ्दैछ हस्तक्षेप र कब्जा

दक्षिणपूर्वी एसियामा तेस्रो ठूलो अर्थतन्त्र भएको देश मलेसिया लगभग चीनको कब्जामा छ। मलेसियामा चीनियाँ आप्रवासी र वंशजहरूले कब्जा गरेका छन् मलेसियामा स्थानीयहरुभन्दा धनी चीनियाँहरु नै छन। मलेशियन नागरिक व्यवसायका मालिक होइनन्। उनीहरुको जीवनशैली र आर्थिक अवस्था निकै कमजोर छ । मलेसियाको सम्पूर्ण अर्थतन्त्रमा लगभग सतप्रतिशत नै चीनि मलेसियनहरु संलग्न छन् र उनिहरु नै सवैभन्दा धनी वर्गमा पर्छन।

मलेसियामा लगभग ६ दशमलव ७ मिलियन चिनियाँहरु छन्। जुन सम्पूर्ण जनसंख्या (२,९६,२८,३९२) को २३ प्रतिशत हो।  यहाँ मलेसियन नागरिक ५० प्रतिशत छन भने चाइनिजहरु २३ प्रतिशत छन्। इन्डोनेसियन ११ प्रतिशत, इन्डियन ७ प्रतिशत र बाँकी अन्य सम्प्रदायका मानिसहरुको बसोबास छ।

मलेसियामा ५१ वटा तेल क्षेत्र, ३० भन्दा बढी व्यापारिक बन्दरगाह र संसारका फर्चुन ५०० उद्योगहरुमध्ये मलेसियामा मात्रै १७ वटा छन् । यसमा चीनसँगको संयुक्त लगानी छ। यसैगरी यहाँ हजारौँको संख्यामा उत्पादनमूलक उद्योग छन् । जसमा एक छत्र चिनीयाँहरुको लगानी छ। विश्वका ६० भन्दा बढी देशहरुले मलेसियाका ४ हजार ३१६ वटा बहुराष्ट्रिय उत्पादक कम्पनीहरुमा लगानी गरेको अवस्था छ, जसमध्ये चीन नै मुख्य लगानीकर्ता हो।

मलेसियाका पुर्व प्रधानमन्त्री महाथिर मोहम्मदले भने चीनियाँ लगानीमा निर्माण भएका पूर्वाधार परियोजना र त्योसँगै प्रवेश गर्ने जनशक्ति दुवैको विरोध गर्ने गरेका छन्।

चीनको पूँजी र प्रविधि मलेसियमा रोजगारी दिने र अर्थतन्त्रमा योगदान पुर्याउने खालको नभई चीनियाँ नागरिकको स्वार्थका लागि मात्रै हुने गरेको महाथिरको भनाई छ। चीनले मलेसियामा पैसा खन्याएर मात्रै आफना नागरिकको उन्नती नहुने भन्दै उनले त्यो लगानीलाई स्थानीयले सदुपयोग गर्नै नसकेको महाथिर बताउँछन्। उत्पादिन वस्तु स्थानीयले किन्न सक्दैनन, रोजगारी पाउँदैनन, अनि मूल्य शृंखलाको नियन्त्रण र स्वामित्व लगानीकर्ताकै हुन्छ भने त्यसको कुनै अर्थ नहुने उनले वताउने गरेका छन्।

‘उनीहरुले मलेसियाको जग्गामा विलासी घरहरू बनाउँछन तर स्थानीयहरूले किन्न सक्दैनन्’ भन्दै उनले चीनियाँ लगानीकर्ताले ठुलो संख्यामा ल्याउने आफना नागरिकका कारण देशको राजनीतिक समीकरण समेत बिथोल्ने तर्क गर्छन। उनी भन्छन्–‘कुनै पनि विदेशी ठूलो संख्यामा देशमा बस्न र अर्थतन्त्रलाई प्रभाव पार्न आउँछन् भने त्यसलाई नियन्त्रण गर्नु पर्ने र उनीहरुका लागि सीमाहरु तोक्नु पर्ने हुन्छ।’

यता, पछिल्लो समय नेपालमा पनि चीनियाँहरुको सकृयता वढेको छ। हरेक क्षेत्रमा उनिहरुको संलग्नता छ। ठेक्कापट्टादेखी उद्योग ब्यवसायसम्म चिनियाँहरु संलग्न छन्। यतिमात्रै होईन, विभिन्न गैरकानुनी धन्दामा पनि चिनियाँहरु नै संलग्न छन्। 

सीमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, ब्यापार र पर्यटनमा लगानी, सुरक्षा र विकास निर्माणका नाममा चीनले विस्तारै आफनो वर्चश्व वढाईरहेको छ। चीनले काठमाण्डौँको मुख्य पर्यटकीय र व्यवसायिक क्षेत्र ठमेल अघोषित रुपमा कब्जा गरेको छ। ठमेल मार्ग, अमित मार्गलगायत विदेशी पर्यटकको चहलपहल हुने बजार क्षेत्र अहिले चीनियाँ नागरिकले नियन्त्रण गरेका छन्।

ठमेलको कर्मचारी सञ्चयकोष भवनदेखि उत्तर–दक्षिण फैलिएको करिब तीन किलोमिटर ज्याठा रोड क्षेत्र क्रमशः चीनियाँ व्यवसायीहरूको पुर्ण नियन्त्रणमा पुगिसकेको छ । ठमेल क्षेत्रमा मात्रै चिनियाँहरूको लगानीमा पाँच सय चिनियाँ रेस्टुराँ र सयभन्दाबढी होटल खुलिसकेका छन् ।

यो अवस्थाले चीन नेपाललाई पनि मलेसियाकै अवस्थामा पुर्याउन कृयाशिल रहेको देखाउने जानकारहरु वताउँछन्। यसैगरी चीनियाँ नागरिकको सकृयता वढ्दै गए नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि नै खतरा वढ्ने उनिहरुको भनाई छ।

मलेसिया चीन महाथिर मोहम्मद

विशेष