News

एउटै परीक्षा केन्द्रमा ५२ जना परिक्षार्थी नक्कली ?

एउटै परीक्षा केन्द्रमा ५२ जना परिक्षार्थी नक्कली ?

नक्कली परिक्षार्थी भएको आशंकामा मोरङको एउटा परिक्षाकेन्द्रबाट एसईई दिईरहेका ५२ जना परीक्षार्थी पक्राउ परेका छन्।

ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट विद्यालय शिक्षा परीक्षा (एसईई) दिईरहेका ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले ५२ जनालाई नियन्त्रणमा लिइएको बताए । ‘आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ भइरहेको छ,’ उनले भने,‘ एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।’

कुन–कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुलेको छैन। प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् । प्रहरीले बुधबार पनि सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो ।
 

विशेष