News

११ हजार फिट उचाइमा रहेको जहाजको ककपिटमा गोमन सर्प...

११ हजार फिट उचाइमा रहेको जहाजको ककपिटमा गोमन सर्प...

११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमै गोमन सर्प देखिएपछि दक्षिण अफ्रिकामा एउटा जहाज आकस्मिक अवतरण गरिएको छ। ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि उडेको जहाजमा सर्प देखिएपछि पाइलट रूडोल्फ इरास्मसले आकस्मिक अवतरण गरेका हुन।

पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो–चिसो मशसुश गरेका थिए। सुरूमा उनले यो पानीको बोतल होला भनेर वास्ता गरेनन्। तर, पछि सिटमुनि गोमन सर्प घुमिरहेको थियो। ‘इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन,’ रुडोल्फले भने, ‘यो एकदमै डरलाग्दो क्षण थियो।’

सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको बताएका उनले पानीको बोतल राम्रोसँग बन्द गरेको रहनछु र पानी पोखियो भन्ने लागेको सोचेका थिए। उनले भने, ‘जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो। उसले सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो।’  जहाज थप चार जना यात्रु थिए।

सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए। यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भए पनि पाइलट रूडोल्फ इरास्मसले विमानमा आतंक मच्चाउन नचाहेको बताए।

यसबीचमा उनी निकै डराएका थिए। ‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो। उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए। ‘सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ। त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौं,’ उनले यात्रुहरूलाई भने।

त्यसपछि जहाजमामा पूर्ण सन्नाटा छाएको उनले बताए। उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए। उडान गर्नु अघि नै जहाजमा सर्प देदिएको थियो। पछि सर्प आफै हरायो। जहाजमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको तर त्यतिबेला सर्प फेला नपरेको पाईलटले वताए। 

सर्प

विशेष