News

शव ल्याएको बाकस गहना निकाल्न विमानस्थलमा फुटाईयोः सांसद ढकाल

शव ल्याएको बाकस गहना निकाल्न विमानस्थलमा फुटाईयोः सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याएको कफिन (बाकस) खोलिएको बताएका छन्। भित्रका सामान लुट्ने मनसायले ति बाकस फुटाईएको उनको भनाई छ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले विमानस्थलमा विदेशबाट ल्याइएका शव बोकेको बाकस खोलिएको बताएका हुन्। उनले यस विषयमा उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए। 

‘विदेशबाट शव ल्याउँदा शवको बाकस फोडिएको छ एयरपोर्टमा केही सामान छ कि भनेर लुट्नलाई,’ उनले भने, ‘हामीलाई ब्यागेज, ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जाँदैछ, समाज के बन्दैछ। शव ल्याएका बाक्साहरू फुटेका छन्। ती बाकसमा पनि केही सामान छन् कि गरगहनाहरू लुट्नका लागि। कारण के हो?’

यस्तै उनले यही विमानस्थलबाट गएका एक जनाको झोलामा लागु औषध बोकाएर फसाएको पनि बताए। ‘लागु औषध बोकेको यताको स्क्रिनले देख्दैन, कतारको एयरपोर्टमा पुग्छ। शव बोकेको बाकस फोरिन्छ,’ उनले भने।  

ती व्यक्तिलाई कसरी झुक्याएर लागुऔषध हालेर फसाइएकोबारे अनुसन्धान गर्न पनि उनले माग गरेका हुन्। उनलाई कतारमा १० वर्ष कैद र ३ लाख रियाल जरिवाना तोकिएको पनि उनले बताए। 
 

विशेष