News

रवि लामिछानेकै शैलीमा उट्पट्याङ बोल्दै स्वर्णिम वाग्ले

रवि लामिछानेकै शैलीमा उट्पट्याङ बोल्दै स्वर्णिम वाग्ले

रास्वपका उम्मेदवार एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले चुनाव जित्नका लागि तनहुँ १ मा झुठो प्रचार गरिरहेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

चुनाव प्रचार प्रसारका लागि घरदैलोमा रहेका वाग्लेले नेपाली कांग्रेस र तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईका बारेमा भ्रमपूर्ण प्रचार गरेको उनीहरुको आरोप छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा वाग्लेले कांग्रेस उम्मेदवार भट्टराईलाई पार्टीले राष्ट्रिय सभामा लैजाने तयारी पहिल्यै गरेको र अब पनि लैजानसक्ने भएकोले आफूलाई मत दिन आग्रह गरेका छन्।

घरदैलोका क्रममा एक युवाले वाग्लेलाई तनहुँमा गोविन्द भट्टराईको लगानी धेरै भएकाले उनलाई न्याय गर्नका लागि अरुलाई भोट दिन नसक्ने वताएका थिए। ‘म तरुण दल भानुको प्रवक्ता पनि हो, तपाईंको अन्तर्वार्ता धेरै हेरेको छु र तपाईंबाट प्रभावित पनि छु’ उनले भनेका छन्–‘तपाईं मनपर्ने मान्छे पनि हो, यो ठाउँमा गोविन्द दाइको धेरै लगानी छ सर, तपाईंलाई धन्यवाद मात्रै भन्न सकिन्छ।’

जवाफमा वाग्लेले भनेका छन ‘तपाईंलाई म एउटा कुरा भनौं ? उहाँ राष्ट्रिय सभामा जाँदै हुनुहुन्छ त्यो ग्यारेन्टी नै छ। उहाँलाई अन्याय हुँदैन। उहाँलाई न्याय गर्नुपर्छ।’

संवादमा ती कार्यकर्ताले कांग्रेस नेतृत्वसँग आफू पनि खुसी नभएको तर गोविन्द भट्टराईको लगानी ठूलो छ त्यसैले यसपटक उहाँको विकल्प कोही हुँदैन र उहाँलाई न्याय गर्नुपर्ने बताउँदै स्वर्णिमसँग कुरा गर्छन्।

जवाफमा स्वर्णिम फेरि भन्छन–‘ठीक छ,तपाईंले भनेको बुझें तर, रामचन्द्र दाइलाई टिकट दिँदैमा उहाँ (गोविन्द भट्टराई)लाई राष्ट्रिय सभामा लैजाने भन्ने अग्रिमेन्ट थियो, उहाँलाई न्याय गर्नुपर्छ र त्यो हुन्छ पनि।’

त्यसपछि वाग्ले निस्केको देख्न सकिन्छ । यो भिडियो बाहिर आएपछि कांग्रेस तनहुँका नेताहरूले वाग्लेले रवि लामिछानेको जस्तै उट्पट्याङ र झुठो कुरा गर्न थालेको आरोप लगाएका छन्। 

स्वर्णिम वाग्ले

विशेष