News

सेनाको साइबर स्पेसमा छिरेपछि यसरी पक्राउ परे सागर ढकाल

सेनाको साइबर स्पेसमा छिरेपछि यसरी पक्राउ परे सागर ढकाल

नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने एक युवक पक्राउ परेका छन्।

स्याङ्जाको वालिङ नगरपालिका १० घर भई पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने २१ वर्षीय सागर ढकाललाई प्रहरीले पक्राउ गरेको हो । नेपाली सेनाको पत्रपछि नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीका अनुसार ढकालले नेपाली सेनाको साइबर स्पेसमा अनधिृत पहुँच राख्ने हिसाबले बारम्बार अट्याक गरेका थिए । आफ्नो साइबर स्पेशमा हमला भएको भन्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाली सेनाले ब्यूरोमा पत्र पठाएको थियो। 

साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा संलग्न व्यक्ति प्रहरीले पत्ता लगाएको हो। 
 

नेपाली सेना सागर ढकाल

विशेष