संसद भवन अगाडि फेरी आत्मदाह प्रयास

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि आज फेरि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। ति ब्यक्तिको पहिचान खुलेको छैन।
शरीरमा आगो लगाएर ज्यान दिन खोज्ने ती व्यक्तिलाई तत्कालै प्रहरीले जोगाएको छ। ति, ब्यक्तिले पारिवारिक तनावका कारण आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।
उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए । प्रहरीका अनुसार उनले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए।
यसअघि केही महिनाअघि मात्रै इलामका प्रेम प्रसाद आचार्यले संसद भवनअघि नै आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।