News

सरकारका नाममा ढकालले संसदमै गरे एक मिनेट मौन धारण !

सरकारका नाममा ढकालले संसदमै गरे एक मिनेट मौन धारण !

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारको विरोध गर्न नयाँ शैली अपनाएका छन्। उनले शुक्रवारको प्रतिनिधिसभा बैठकमा मौन धारण गरे।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले शून्य समयमा मौनधारण गरेका हुन्। उनले आफुले पाएको समय मौनधारण गरेर बिताए। 

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ। त्यही समयमा बोल्न उभिएका सांसद ढकालले भने– ‘सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ। धन्यवाद।’

‘सम्माननीय सभामुख महोदय,...’ भन्दै मौन बसे। त्यसपछि, ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ।’ भन्दै भनाई सकेर आफुले पाएको समय विताए।
 

हरि ढकाल मौन धारण

विशेष