News

संसद भवन अगाडि आत्मदाह गर्न खोज्ने ब्यक्तिको पहिचान खुल्यो

संसद भवन अगाडि आत्मदाह गर्न खोज्ने ब्यक्तिको पहिचान खुल्यो

काठमाडौंको नयाँ बानेश्वर स्थित संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने ब्यक्तिको पहिचान खुलेको छ। ति ब्यक्ति ५० वर्षीय प्रेम लामा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको सुरक्षित उद्धार गरेको थियो । लामालाई अहिले नियन्त्रणमा लिईएको र परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ । 

उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । प्रहरीका अनुसार उनले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए। लामालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।

यसअघि केही महिनाअघि मात्रै इलामका प्रेम प्रसाद आचार्यले संसद भवनअघि नै आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।
 

विशेष