एनसेल प्रकरणमा बोले शेखर कोईरालाः देशलाई ५० औं अर्ब नोक्सान गराउने चलखेल
लामो खिचातानी र उतारचढावपछि एनसेल प्रकरणमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफनो धारणा सार्वजनिक गरेका छन् । उनले शुक्रवार काठमाडौंमा एक कार्यक्रमलाई सम्वोधन गर्दै सरकारले ड्राफ्ट गरिरहेको दूर सञ्चार ऐनका कारण नेपाललाई ५० औं अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरे।
कानुनतः २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने एनसेललाई सरकारको स्वामित्वमा आउन नदिन विभिन्न चलखेल भईरहेको र त्यसका लागि कानुनमै परिमार्जन गर्न लागिएको कोईरालको दावी छ।
‘ऋण लिएर कर्मचारीलाई तलब खुवाइरहेका छौँ। अहिले एउटा ऐन आउने भनेर सुनिरहेका छौँ। त्यो ऐनले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ’ उनले भने–‘त्यो टेलिकमको कुरा गरेको हो। एनसेलले २५ वर्षपछि छोड्नुपर्ने, एनसेलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदै छ ? तपाईंहरूले यस्ता कुरा भन्नुपर्छ।’
एनसेल शेखर कोईराला