News

मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दा मारिएका लिम्बुलाई शहीद घोषणा

मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्दा मारिएका लिम्बुलाई शहीद घोषणा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि आन्दोलन गर्दा प्रहरीको आक्रमणमा मारिएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रवार बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर लिम्वु घाइते भएका थिए। उपचारका लागि अस्पताल भर्ना भएका उनको सोही क्रममा मृत्यु भएको थियो ।

धरान उपमहानगरपालिका–१५ बस्दै आएका ४२ वर्षीय लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको थियो । 

पदमबहादुर लिम्बु

विशेष