ट्वीटरमा कुकुरलाई विस्थापित गर्दै फर्कियो चरो
ट्वीटरमा चराको स्थानमा राखिएको कुकुर शुक्रवारबाट हटेको छ। गत सोमबार ट्विटरमा चरा हटाएर कुकुर राखिएको छ।
लोगो परिवर्तन गरिएको विषयमा ट्विटरले औपचारिक जानकारी नदिईकन पुनः चरो फिर्ता ल्याएको हो। ट्विटरका मालिक एलन मस्कले भने चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए।
मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी– डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए। तर, शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन।
ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्। अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आउँदैन।