News

प्रधानमन्त्री कार्यालयले हस्ताक्षर दुरुपयोग गरेको चित्रबहादुर केसीको आरोप

प्रधानमन्त्री कार्यालयले हस्ताक्षर दुरुपयोग गरेको चित्रबहादुर केसीको आरोप

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री कार्यालयले आफनो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्। आफुले सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको स्पष्ट पार्दै उनले हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन।

गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट आफ्नो डिजीटल हस्ताक्षर गरिएको भन्दै केसीले आपत्ति जनाएका छन्। दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकता लगायतका विषयमा पार्टीका गम्भीर मतभेदहरु रहेको उनको भनाई छ।

जनमोर्चा गठबन्धनमा सामेल भएपनि मन्त्रालयको भागबन्डा र सरकारको न्यूनतम कार्यक्रमप्रति भने चासो देखाएको छैन।
 

विशेष