News

मलद्वारबाट साथीको पेटमा बोतल छिराई दिने नसिम खान कारागार चलान

मलद्वारबाट साथीको पेटमा बोतल छिराई दिने नसिम खान कारागार चलान

आफनै साथीलाई वेहोस वनाएर मलद्वारबाट रक्सीको बोतल पेटमा छिराई दिएको आरोपमा पक्राउ परेका रौतहटका एक युवक पुर्पक्षका लागि कारागार चलान भएको छन्।

जिल्ला अदालत गौरका न्यायाधीश बाबुकाजी बानियाँको इजलासले गुजरा–९ का नसिम खानलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । मोटर ग्यारेजमा बोलाएर साथीलाई रक्सीमा नसालु पदार्थ खुवाई वेहोस वनाएर उनले मलद्वारबाट रक्सीको बोतल पेटभित्र छिराई दिएका थिए। 

चन्द्रपुर–१० बाल्चनपुरस्थित समिरको अटो ग्यारेजमा खानले गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई फागुन २० गते खाजा खान बोलाएका थिए । नशालु पदार्थ खुवाई बेहोस बनाएपछि मलद्वारबाट रक्सीको बोतल पेटभित्र पसाएका थिए ।

त्यसपछि गम्भीर बिरामी परेका मन्सुरीको चितवनस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरेर बोतल निकालेका थिए । घट्नालगत्तै खानलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

साथी मन्सुरीलाई खाजा खान बोलाएको तर पेटभित्र बोतल पसाउने हर्कत नगरेको खानले प्रहरीसमक्ष बयान दिएका थिए । प्रहरीले घाइते मन्सुरीलाई चितवन पुगेर आईसीयू कक्षमा बयान लिएको थियो । फागुन २० गते साँझ खानको मोटरग्यारेजमा खाजा खान पुगेका मन्सुरी भोलिपल्ट घर नफर्केपछि परिवारका सदस्यले खोजबिन गरेका थिए ।

अन्तमा मन्सुरी मोटरग्यारेजमा फेला परेका थिए। उनलाई बुवा नेवाज मन्सुरीले घर लगे तर पेट दुख्न थालेपछि स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउँदा बिसेक नभएपछि चन्द्रपुर अस्पताल लगियो।

एक्स–रे गरेर हेरेपछि पेटमा बोतल देखिएको डा. सुभाष चौधरीले बताए । चिकित्सकले उनलाई तत्काल चितवन रेफर गरेका थिए । चितवनको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गराएर पेटको शल्यक्रिया गरेर बोतल निकालिएको थियो।
 

विशेष