रवि लामिछाने भन्छन्– प्रधानमन्त्री भएको सय दिनमा इतिहाँस बदल्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफु देशको प्रधानमन्त्री भए सय दिनमा नै देशको इतिहाँस बदल्ने दावी गरेका छन्। तनहुँको आबुखैरेनीमा पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई मत माग्दै लामिछानेले यस्तो दावी गरेका हुन।
नेताहरुले सत्ताको नेतृत्व गर्न कार्यकाल भाग लगाइरहेको उल्लेख गर्दै लामिछानेले आफ्नो नेतृत्व भएको सय दिनमा इतिहासमा नभएको परिवर्तनको शंखघोष गर्न नसके राजनीतिबाट सन्यास लिने घोषणा गरे।
‘सत्ता बेक्कारको चिज होइन। प्रधानमन्त्रीको कार्यकालको भाग लगाइएको छ रे,’ लामिछानेले भने, ‘मलाई मात्र १ सय दिनको भाग दिनुस्, यसका लागि मैले बारम्बार भन्दै आइरहेको छु, मात्र १ सय दिनमा देशको इतिहासले आजसम्म नगरेको परिवर्तनको शंखघोष गर्न सकेनौं भने अरु साथीहरुलाई छाडेर म राजनीतिबाट सन्यास लिन्छु।’
यो कुरा आफुले लागुपदार्थ सवन गरेर नभनेको उनको जिकिर छ। ‘म होसमा छु, म दिउँसो छु, म निदाएको छैन। मैले आँखा खोलेको छु। मैले कुनै लागुपदार्थ सेवन गरेको छैन,’ उनले भने, ‘एक सय दिनभित्र आजसम्म इतिहासमा नभएको काम गर्न सक्छु।’ उनले भने।
रवि लामिछाने सय दिन