News खेल

खेल सुरु भएको ६ मिनेटमै नेपालले खायो २ गोल

खेल सुरु भएको ६ मिनेटमै नेपालले खायो २ गोल

पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको दोश्रो खेल सुरु भएको ६ मिनेटमै भियतनामले नेपालाई २ गोल हानेको छ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा ६ मिनेट भित्रमै नेपाल २–० ले पछि परेको हो । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेलेका हुन।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु भएको हो। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको थियो ।

नेपालले ओलम्पक छनोटको दोश्रो चरणमा पुग्नका लागि ५ गोल अन्तरले यो खेल जित्नु पर्ने छ ।  दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ । 
 

विशेष