एलन मस्क र मेस्सीलाई पछि पार्दै शाहरुख खान बने विश्वकै प्रभावशाली व्यक्ति
बलिउड अभिनेता शाहरुख खान विश्वकै प्रभावशाली व्यक्तिको पहिलो नम्वरमा परेका छन्। प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले ‘टाइम हन्ड्रेड पोल’ मा शाहरुखलाई पहिलो नम्बरमा राखेको हो।
लियोनल मेस्सी, मिसेल योह, एलन मस्क, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई समेत उछिन्दै शाहरुखले प्रभावशाली व्यक्तिको उपाधि पाएका हुन।
बलिउडका ठूला स्टारमध्ये एक शाहरुखले अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।
शाहरुखपछि उक्त सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरूलाई राखिएको छ। तेस्रो र चौथो स्थानमा क्रमशः प्रिन्स ह्यारी र मेगन मर्केल छन्। पाँचौँमा फुटबल खेलाडी मेस्सी छन्।