कुन बैंकका सिईओले पोखरामा राखेका छन् गर्लफ्रेन्ड ?
दुर्गा प्रसाईको खुलासाः अधिकांश बैंकका सिईओका पोखरामा गर्लफ्रेन्ड छन्

राजतन्त्र समर्थक मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अधिकांश बैंकका सिईओले पोखरामा गर्लफ्रेन्ड राखेको खुलासा गरेका छन् ।
बिहीबार दमकमा आयोजित कार्यक्रममा वोल्दै पूर्वएमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंले सर्वसाधारणलाई दुःख दिने, तर्साउने र आत्महत्या गर्न बाध्य पार्ने बैंकका सिईओ आफु भने मोजमस्तीमा जिन्दगी विताई रहेको बताए।
सिईओहरुलाई ‘डाका’ को संज्ञा दिदै प्रसाईले ५० लाख रुपैयाँ तलव खाने उनीहरु तरुनी लिएर हिड्ने, स्विमिङ पुल चाहिने लगायतका आरोप लगाउँदै यस्तालाई अव ठिक पार्ने उद्घोष समेत गरे।
‘घरमा सम्पत्ति पनि खाने, अनि परिवारलाई पनि झुण्डिएर मर्न (बाध्य) पार्ने ?’ उनले भने–‘यी डाकाहरु महिनाको ५० लाख रुपैयाँ तलव खाने। अनि राम्रा जति तरुनी यिनरलाई नी, ... स्विमिङ पुल यिनै सिईओहरुलाई।’
हेरेक ठाउँमा जाँदा उनीहरु तरुनी साथै लिएर हिड्ने गरेको प्रसाईले वताए। ‘यी सिईओहरु जाँदा तरुनी लिएर गएका हुन्छन्, यिनीहरुले। मैले देखेको छुँईन ? यिनहरु हरेक शुक्रवार प्राय सिईओहरु पोखरा जान्छन्। हरेक शुक्रवार’ प्रसाईले थपे–‘त्यहाँ आफना–आफना गर्लफ्रेन्ड सरुवा गरेर राखेका छन्। यि सिईओका श्रीमतीले पनि सुनुन। त्यसले गर्दाखेरी तपाईहर के बुझ्नोस भने, अव यसको अन्त्य गर्नुपर्छ हामीले।’
७ प्रतिशत ब्याजलाई अहिले बैंकले नसोधिकनै १८ प्रतिशत पुर्याएको भन्दै उनले बैशाख २ गतेदेखि सवै बैंकमा ताला लगाउने बताए।
दुर्गा प्रसाई