News

चलिरहेको मेट्रोभित्र एक जोडी युवायुवती उभिएरै किस गर्न थालेपछि...

चलिरहेको मेट्रोभित्र एक जोडी युवायुवती उभिएरै किस गर्न थालेपछि...

भारतको दिल्लीमा चलिरहेको मेट्रोभित्र उभिएर किस गर्न थालेपछि एक जोडी युवायुवती सामाजिक सञ्जालमा चर्चामा छन् । मेट्रामै रहेका यात्रुले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरिदिएपछि उनीहरुको चर्चा सुरु भएको हो।

युवायुवती मेट्रोको पोलमा अडेस लागेर किस गरिरहेको भिडियोमा देखिन्छ। सोशल मीडियामा भाईरल भईरहेको यो भिडियोलाई लिएर विभिन्न प्रतिक्रियाहरु आईरहेका छन्। कसैले यसलाई सामान्य रुपमा लिनु पर्ने भन्दै भिडियो खिच्नेलाई कारवाही गर्नु पर्ने बताईरहेका छन् भने कसैले भने कानुनभन्दा माथि समाज रहेको भन्दै यो घट्नालाई गलत भनेका छन्।

भिडियोलाई गलत भन्ने अधिकांशले मेट्रो पुलिस के हेरेर वसेको छ ? भन्दै प्रश्न गरेका छन् । एक जना फेसवुक युजरले त तिनीहरुमाथि बुलडोजर चलाउन समेत सुझाव दिएका छन् ।

दिल्ली मेट्रोमा मान्छेका अन्तरंग विषय सार्वजनिक भएको यो पहिलो घट्ना भने होईन। यस अघि पनि धेरै यात्रुको अन्तरंग भिडियो सार्वजनिक भईसकेका छन् । तर, यस्ता घट्ना नियन्त्रण गर्ने विषयमा भने खासै पहल भएको छैन। 
 

विशेष