News

नेकपा एसको तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी छोडेको घोषणा

नेकपा एसको तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी छोडेको घोषणा

नेकपा एकीकृत समाजवादीको तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेले पार्टी छोडेको घोषणा गरेका छन्। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी छोडेको घोषणा गरेका हुन्। 

माघ २१ र २२ गतेको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखेका न्यौपानेले त्यसमा अहिलेसम्म पनि छलफल नभएको भन्दै पार्टी त्याग्ने घोषणा गरेको वताए। त्यस्तो पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुने निष्कर्ष निकालेको उनको भनाई छ।

‘लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरिक भएर जिउनु जिवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिशाखलाई आत्मसाथ गर्दै म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टीको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु।’ न्यौपानेले भनेका छन्।

नेतृत्व कोठे राजनीतिको चंगुलमा फसेको आरोप लगाएका उनले भनेका छन्– ‘राष्ट्र राष्ट्रियताको पक्षमा वकालत गरी एक्काइसौं शताब्दीको समाजवादी वैज्ञानिक कम्युनिष्ट पार्टीको परिकल्पनामा म नेकपा एकिकृत (समाजवादी) पार्टीमा जिम्मेवारी लिएँ। सो समयमा सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र प्रक्रिया विपरित दलमा नेताहरू फसे र पार्टीका बैठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनितिको चंगुलमा पार्टी नेतृत्व फस्यो।’

उनले नेकपा एकीकृत समाजवादीका केही नेताहरूको हालत पिँध नभएको बाल्टीमा परिणत भएको टिप्पणी पनि गरेका छन्। माक्र्सवादका २÷४ कुरा अगाडि सारेर चिन्तनमा आधारित शास्तीय आख्यान पिलाउँदै नेताहरू हिँडेको आरोप समेत न्यौपानेले लगाए।

‘विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्दात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई बस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुईचार शब्दहरू अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको आफूलाई पिंध नभएको बाल्टीमा परिणत गर्नु हो,’ न्यौपानेले भनेका छन्, ‘जति पटक इनारमा डुबाएर तानेपनि माथि आउँदा रितै हुन्छ। आज नेकपा एकीकृत समाजवादीका नेतृत्व पंक्तिका कतिपय नेता र तलका कमिटिका कतिपय कार्यकर्ताको हालत यस्तै छ।’ 

नेकपा एकीकृत समाजवादी मुकुन्द न्यौपाने

विशेष