झलनाथ खनाल एमालेमै फर्कन तयार छन्ः मुकुन्द न्यौपाने

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले सम्मानित नेताको पद दिए झलनाथ खनाल नेकपा एमालेमै फर्किन तयार रहेको खुलासा गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको औपचारिक घोषणा गर्दैगर्दा न्यौपानेले सम्मानित पद पाए खनाल फर्कने मनस्थितिमा रहेको जिकिर गरे ।
उनले आफुपनि देशभरका नेता–कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारीमा रहेको बताए। रेका हुन् । एकीकृत समाजवादी अवसरवादमा लिप्त भएको आरोप लगाएका न्यौपानेले सांसदका लागि झगडा गर्ने, मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिस मात्र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको बताए।
सांसद भएकाहरूलाई नौ÷नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिइएको उनको भनाई छ। वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नटिक्ने टिप्पणी उनले गरे ।