News

ढाकाकुमार भन्छन्– अडियो मेरो होईन, दुर्गा प्रसाईलाई म चिन्दा पनि चिन्दिन

ढाकाकुमार भन्छन्– अडियो मेरो होईन, दुर्गा प्रसाईलाई म चिन्दा पनि चिन्दिन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अहिले सार्वजनिक भएको अडियो आफनो नभएको र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफनो चिनजानै नभएको दावी गरेका छन्।

‘म पोखराको मान्छे, उहाँ झापाको। व्यक्तिगत रूपमा मैले उहाँलाई चिनेको पनि छैन,’ श्रेष्ठले भने,‘हाम्रो पार्टीले लेबीबाहेक हामीसँग कुनै पैसा पनि मागेको छैन।’ श्रेष्ठले मन्त्री हुनलाई पैसा माग्यो भन्ने कुरा सरासर झुठो भएको दाबी गरे।

‘मन्त्री बन्नका लागि पैसा नै चाहिने भए पनि एक÷डेढ करोड पैसा आफैं दिनसक्ने हैसियत भएको मान्छे हुँ,’ श्रेष्ठले भन्छन्–‘अडियोमा सुनिएको बोली पनि मेरो होईन। 

पार्टीले आफूलाई निलम्बन गरेकोबारे पनि आफुलाई जानकारी नभएको श्रेष्ठले वताए । रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। 

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। अडिओ सार्वजनिक भएपछि रास्पपाले यस विषयमा छानबिन गर्न एक साताका लागि निलम्बन गरेको छ। 

यो पनि,

दुर्गा प्रसाई रास्वपा रवि लामिछाने ढाकाकुमार श्रेष्ठ

विशेष