News

को–को छन् रविका लागि पैसा उठाउने कोर टिममा ?

को–को छन् रविका लागि पैसा उठाउने कोर टिममा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले रवि लामिछाने र उनको कोर टिमका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेपछि कोर टिममा को–को छन् भनेर चासो वढेको छ।

सार्वजनिक भएको श्रेष्ठले र प्रसाईको अडियोले राजनीतिक वृत्त मात्र होईन देशैभरी चासो वढेको छ। त्यसमध्येमा पनि मन्त्री बनाउनका लागि करोडौंको खेला गर्न सक्ने कोर टिममा को को रहेछन भनेर चासो ब्यक्त भईरहेका छन्।

अडियोमा श्रेष्ठले २ करोड रुपैयाँ दिए पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाइदिने र उक्त रकम जुटाइदिन प्रसाईंसँग आग्रह गरेका छन् । उनी प्रसाईंलाई पार्टीभित्र २÷३ जनाको ‘कोर टिम’ भएको र उक्त टिमलाई साँझसम्म दुई करोड रुपैयाँ दिन सके आफू मन्त्री बन्ने बताउँछन् ।

‘एउटा कोर टिम छ, दुई–तीन जनाको । मलाई साढे दुई जति चाहियो भनिरहेका थिए हिजो । आज साँझ मैले फिक्स गर्नु छ क्या दाइ । मेरो पक्का चाहिँ पक्का भयो,’ श्रेष्ठले प्रसाईंसँग भनेका छन्, मन्त्री पनि बन्नुप¥यो । स्वास्थ्य क्षेत्र धोइपखाली सुधार पनि गर्नुप¥यो त्यसमा तपाईंहरूको सहयोग र सपोर्ट चाहियो भन्ने कुरा नै हो ।’

तर, उनले त्यो ‘कोर टिम’मा को छन् भनेर खुलाएका छैनन् । यद्यपी, महामन्त्री एवम प्रवक्ता मुकुल ढकाल समेत त्यो टिममा नरहेको उनको भनाई छ। ‘मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो’ उनले भनेका छन् ‘अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।’

यो पनि,

रवि लामिछाने कोर टिम दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ

विशेष