News

डा. गोविन्द केसीको मृत्यु पर्खेर वसेका छन् रवि लामिछानेका सांसद!

डा. गोविन्द केसीको मृत्यु पर्खेर वसेका छन् रवि लामिछानेका सांसद!

डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका अभियन्ता मानिन्छन्। चिकित्सा शिक्षाको सुधारका लागि झण्डै दुई दर्जन पटक अनसन वसिकेका केसी कतिपय ब्यक्तिका लागि भने घाँडो भएका छन्।

खास गरी स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका ब्यवसायी र उनको कारणले पैसा कमाउने वाटो बन्द भएका राजनीतिक दलका नेताहरु समेत उनको पटक पटकको अनसनले आजित छन्।

अहिले पछिल्लो समय देश विकासको नाममा भोट भजाई रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसद समेत डा. केसीका कारण वाक्क भएको पाईएको छ। उनीहरु डा. केसी कहिले मर्छन भनेर पर्खेर वसेका छन्।

रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल ब्यवसायी दुर्गा प्रसाई बीच भएको कुुराकानीको अडियोबाट पनि यो कुरा प्रष्ट भएको छ। श्रेष्ठले डा. केसी कहिले मर्छन जस्तो भईसकेको भन्दै प्रसाईलाई दुःख ब्यसाएका छन्।

‘मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त’ उनले भनेका छन्–‘पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो।’ उनको यो कुरामा प्रसाईँले पनि सहमति जनाएका छन्।

चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राखेर ०६६ देखि नै विभिन्न खोले अभियान सुरु गरेका केसीले सुरुवातमा चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका विकृति र विसंगति रोक्न ज्ञापनपत्र बुझाउने, सरकारका पदाधिकारीसँग छलफल गर्ने लगायतका काम गर्दै आएका थिए।

तर यस्ता प्रयासले सफलता नपाएपछि उनले अनसनको उपाय रोजे। उनले हालसम्म १९ पटकभन्दा वढि अनसन बसेका छन्। उनले सबैभन्दा लामो २८ दिनसम्मको अनसन वसेका छन्।

२०६९ असार २१ बाट अनसन सुरु गरेका डा केसीले अनसनमै २५७ दिन अर्थात साढे ८ महिनाभन्दा वढि अनसन वसेका छन्। 

यो पनि,

रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ डा. गोविन्द केसी

विशेष