News खेल

भियतनामसँग ७–१ को हार ब्यहोरेपछि नेपाली टिममा रुवाबासी

भियतनामसँग ७–१ को हार ब्यहोरेपछि नेपाली टिममा रुवाबासी

पेरिस ओलम्पिक २०२४ को छनौट चरणको खेलमा भियतनामसँग ७–१ को हार ब्यहोरेपछि नेपाली राष्ट्रिय महिला फुटबल टिममा रुवाबासी चलेको छ। टिम कप्तान एवम् गोलरक्षक एन्जिला तुम्बोप्पो सुब्बा खेल सकिएपछि धुरुधुरु रोएकी छिन्।

शनिवारको दोस्रो खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्नासाथ सुब्बाको आँखामा आँसु आयो। ‘डिफेन्सर र किपरलाई नराम्रो कमेन्ट आएको थियो, हामी चाहिँ गोल खाँदैनौं भन्ने थियो’ भन्नासाथ उनी भाबुक बनिन र आँखा भरी आँसु बनाईन।

प्रशिक्षक अनन्त थापाले भने उनको बचाउ गर्दै ‘एन्जिनाले फुटबलमा हुने गोल नै खाएको र उनी फाइटर भएको’ भन्दै सपोर्ट गरे। शनिबार भएको दोस्रो खेलमा २–० ले पराजित भएपछि समग्रमा ७–१ को हारसँगै नेपाल ओलम्पिक छनोटबाट बाहिरिएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भियतनामले सुरुको ७ मिनेटभित्रै नेपाललाई २ गोल गरेको थियो । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा भियतनामकी पाम हाइ यानले पहिलो गोल गरिन भने यसको एक मिनेट पनि वित्न नपाउँदै उनले नै अर्को गोल थपिन।

गोलरक्षक एन्जिला तुम्बाप्पेले डिफेन्ससँग कम्बिनेसन नमिल्दा यस्तो भएको बताइन् । दोस्रो हाफमा नेपालले गोलरक्षक नै परिर्वतन गरेर एन्जिलाको स्थानमा अन्जना राना मगरलाई मैदानमा उतार्यो। त्यसपछि नेपालले आफनो खेलमा पनि निकै सुधार गर्यो र भियतनामलाई दबाबमा राख्न सफल भयो। तर, कुनै गोल गर्न नसकेपछि ७–१ को गोल अन्तरले छनौट चरणबाट बाहिरियो। 

पेरिस ओलम्पिक

विशेष