News

घरायसी झगडामा ज्वाईँले गरे ससुराको हत्या

घरायसी झगडामा ज्वाईँले गरे ससुराको हत्या

सप्तरीको बोदेबर्साइन नगरपालिका–६ खामगडाका ज्वाईको कुटपिटबाट ५५ वर्षीय छठु महतोको मृत्यु भएको छ।

आफ्नै ज्वाई बोदेबर्साइन नगरपालिका–७ का २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा छठुको मृत्यु भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। गत पुस ११ गते भएको घरायसी विवादमा उनलाई ज्वाइँले कुटेका थिए। टाउकोमा चोट लागेर घाइते भएका उनलाई स्थानीय अस्पतालमा समान्य उपचारपछि धरान लगिएको थियो ।

चैत १८ गते अस्पतालबाट फर्केका उनको शनिबार दिउँसो मृत्यु भएको सप्तरी प्रहरीका डिएसपी नरेशकुमार सिंहले बताए। छठुकी श्रीमती मायाबति नौनियाले ज्वाई विरुद्ध उजुरी दिएपछि प्रहरीले रामचन्द्रलाई पक्राउ गरेको छ।
 

विशेष