News

एक तोला सुनको लोभमा दुई बालिकाको घाँटी न्याकेर हत्या

एक तोला सुनको लोभमा दुई बालिकाको घाँटी न्याकेर हत्या

एक तोला सुनको लोभमा पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मामा २ बालिकाको हत्या भएको छ। सिस्नो टिप्न भनेर घरबाट निस्किएका१० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढाको हत्या भएको हो।

बुधवार सिस्नो टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि उनीहरुको खोजतलास सुरु भएको थियो। खोजतलास गर्दा लुपर खोलाको भिरमा उनीहरूको शव फेला परेको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई दिदीबहिनीको हत्या भएको जनाएको छ।

बालिकाको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि प्रहरीले स्थानीय दुई किशोरी पक्राउ परेका छन्। हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए। त्यही गहना खोस्न किशोरीहरूले बालिकाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

किशोरीहरुले जंगलमा एक्लै भेटेपछि कानमा लगाएको सुन खोस्ने योजनाका साथ घाँटी न्याकेर हत्या गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका डिएसपी अन्जना श्रेष्ठले बताईन।

हत्यामा संलग्न किशोरीहरु स्थानीय विद्यालयमा कक्षा ६ र ७ अध्ययनरत छन्।
 

विशेष