सामाजिक सुरक्षा भत्ता रोकिने संकेतः मन्त्री र नेता बोल्दैनन्, कर्मचारी अग्रसर

सरकारले सामाजिक सुरक्षा भत्ता रोक्ने संकेत गरेको छ। सरकारमा संलग्न मन्त्री तथा राजनीतिक दलका नेताहरुले यस विषयमा मुख खोलका छैनन्, तर कर्मचारी मार्फत सामाजिक सुरक्षा भत्ता रोक्नु पर्ने खालका अभिब्यक्ति वाहिर आउन थालेका छन्।
अर्थ मन्त्रालयका सचिव तोयम रायले शुक्रवार एक कार्यक्रममा सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताए। वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने उनको टिप्पणी छ।
‘सरकारले वार्षिक रुपमा करिब एक सय अर्ब रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्नेे गरेको छ’ उनले भने–‘राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक छ।’
अहिले पनि सरकारले एक सय अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा खर्च गरिरहेको बताएका उनले कुनै योगदान विना अर्बौं रुपैया बाँड्न गाह्रो हुने जानकारी दिए। ‘सरकारले लामो समयसम्म कुनैपनि योगदान बिना सामाजिक सुरक्षा भत्ता जारी राख्ने अवस्थामा छैन ।’ – सचिव रायले भने।