News विदेश

एक लेखिकालाई यौन दुर्व्यवहार गरेका ट्रम्पले ५० लाख डलर क्षतिपूर्ति तिर्नु पर्ने फैसला

एक लेखिकालाई यौन दुर्व्यवहार गरेका ट्रम्पले ५० लाख डलर क्षतिपूर्ति तिर्नु पर्ने फैसला

एक म्यागेजिनकी लेखिका ई. जीन केरललाई यौन दुर्व्यवहार गर्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर क्षतिपूर्ति तिर्नु परेको छ।

लेखिकाले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिईन। सोही मुद्दामा न्युयोर्कको एक अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई क्षतीपुर्ती वाफत उक्त रकम दिनुपर्ने फैसला सुनाएको हो ।

लेखिकाले आफ्नो मानहानी समेत गरेको आरोप लगाउँदै ट्रम्पमाथि मुद्दा दर्ता गरेकी थिईन। अदालतको यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ ।

अदालतको फैसलापछि ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको जनाएको छ । 
 

विशेष