News

भिडिओ कलमा रहेकी मञ्जु बालकृष्ण पक्राउ परेपछि सम्पर्क विहिन

भिडिओ कलमा रहेकी मञ्जु बालकृष्ण पक्राउ परेपछि सम्पर्क विहिन

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी एवम् सांसद मञ्जु खाँण फरार भएकी छिन्। बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा घरमा मञ्जु थिइनन्। त्यसपछि अहिलेसम्म पनि उनी सम्पर्कमा नभएको वताईको छ।

घरमा रहेका बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी पुग्दा खाँड मुञ्जुसँगै भिडियो कलमा कुरा गरिरहेका थिए। तर, उनी पक्राउ परेपछि मन्जु सम्पर्कविहीन भएको जनाईएको छ।

कांग्रेसकी समानुपातिक सांसद मञ्जुको मोबाइल फोनसमेत बन्द छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मञ्जुले ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो। उनलाई घरमै गएर पैसा दिएको अडियोमा खुलेको छ। 

उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको उक्त अडिओमा थियो। हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। 

भुटानी शरणार्थी

विशेष