News

अडियो प्रकरणपछि आरजु साईवर ब्युरोमा, प्रेस काउन्सिल गएकी मन्जु छैनन सम्पर्कमा

अडियो प्रकरणपछि आरजु साईवर ब्युरोमा, प्रेस काउन्सिल गएकी मन्जु छैनन सम्पर्कमा

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणा देउवाले साईवर ब्युरोमा उजुरी दिएकी छिन्।

प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनले बुधवार ब्यूरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्यसमेत पत्ता लगाउन माग गर्दै आरजुले ब्यूरोमा उजुरी दिएकी हुन्।

यसअघि आईवारको संसद वैठकमै पनि उनले त्यस विषयमा आपत्ति जनाएकी थिईन। आफनो वलवुतामा महिलोले राजनीति गरेको पुरुषहरुलाई सह्य नभएको भन्दै उनले त्यही कारण आफुमाथि अनेक आरोप लगाईएको दावी गरेकी थिईन।

अडियो प्रकरणमा अर्की सांसद तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी पत्नि मन्जु भने सम्पर्कविहिन भएकी छिन्। पति पक्राउ परेपछि उनी प्रहरीको सम्पर्कमा छैनन्। अडिओ प्रकरणमा उनी पनि प्रेस काउन्सिलमा पुगेकी थिईन। उनको निवेदनका आधारमा प्रेस काउन्सिलले एउटा मिडियालाई नेपालमा चल्न नपाउने गरी वन्द गर्न सम्वन्धित निकायलाई पत्राचार समेत गरेको छ।
 

भुटानी शरणार्थी

विशेष