News

भुटानी शरणार्थी प्रकरण अनुशन्धानमा अमेरिकाको एफबीआई पनि संलग्न छ ?

शिर्ष नेताले चाहेर मात्रै पनि संलग्नलाई जोगाउने सम्भावना सकियो !

भुटानी शरणार्थी प्रकरण अनुशन्धानमा अमेरिकाको एफबीआई पनि संलग्न छ ?

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा ‘भिआइपी’हरुको लर्को लागेको छ। भीआईपी पक्राउ पर्न थालेपछि मुद्दा सेलाउने अड्कलवाजीका बीच यो प्रकरण अझै गम्भिर वन्दै गएको छ।

यसैक्रममा वुधवार प्रहरीले पूर्वगृहमन्त्री एवम् कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडलाई पनि पक्राउ गरेको छ। उनी भाग्ने तयारीमा लागेको सूचना पाएपछि निवासमै पुगेको प्रहरीले त्यहाँ पनि उनलाई वल प्रयोग गरेरै पक्राउ गर्यो। चुक्कुल लगाएर घर भित्र पसेका उनलाई ढोका फुटाएर नियन्त्रणमा लिईएको प्रहरी स्रोतले जनाएको छ।

उनले प्रहरीलाई दुर्ब्यवहार समेत गरेको र हातपातमा उत्रिएको जनाईएको छ। खाँड सँगै प्रहरीले अहिलेसम्म यो प्रकरणमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पुर्वमन्त्री टोपवहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङलगायतलाई पक्राउ गरेको छ।

यसैगरी, एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी भएको छ भने आरजु राणा तथा बालकृष्ण खाँणकी पत्नि मन्जु, अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि पोलिएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा अझै केही ब्यक्ति पक्राउ पर्न सक्ने जानकारी दिएका छन् ।

हालसम्मका घट्नाक्रममाले राजनीतिक सहमतिका नाममा हुने ठूलाखाले अनियमिततामा ब्रेक लाग्ने आश जगाएको छ। तर, अहिले पनि सबै कुरा बाहिर आइनसकेकाले ढुक्क हुने अवस्था भने छैन। ठूला दलका शीर्ष नेताका पत्निहरु अहिले पनि महिलालाई हेपेको वहानामा आरोपलाई विषयान्तर गर्न खोजिरहेका छन्। ‘खास’मान्छेहरू पक्राउ पर्न थालेपछि पछिल्लो समय सिंहदबार र बालुवाटारमा राजनीतिका नाममा बाक्लै भेटघाट पनि भइरहेका छन्। यसले भने नागरिकलाई आशंकित तुल्याएको छ।

तर, कतिपय घट्नाक्रमले भने यो विषय त्यसै सेलाएर नजाने पनि देखाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकी चासो भएकाले यो विषय त्यसै सेलाएर नजाने कतिपयले वताउँन थालेका छन् । जानकारी अनुसार नेपाल प्रहरीले सुरु गरेको यो अनुशन्धानमा अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेटिङ (एफबीआई)ले पनि सहयोग गरिरहेको छ।

शरणार्थीलाई देखाएर नक्कली ब्यक्ति अमेरिका पठाउन लागेको जानकारी पाएपछि यो विषयमा अमेरिकाले चासो देखाएको जानकारहरु वताउँछन्। जानकारी अनुसार ८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास भएको थियो। ८ सय ७५ जनालाई ब्यवस्थापन गर्नु पर्ने जिम्मेवारी आफुमाथि आईलाग्ने देखिएपछि अमेरिकाले चासो राख्नु स्वभाविक भएको उनीहरुको भनाई छ।

यसैगरी, यो विषय ठगी मात्र होईन, मानव तस्करीसँग पनि जोजिडएकाले पनि अमेरिकाले यसखालका मानव तस्करीलाई निरुत्साहित गर्न नेपाल प्रहरीलाई सघाईरहेको वताईन्छ। अमेरिका समेत सामेल भएकाले नेपालका नेताले चाहेर मात्रै यो विषय सेटल नहुने जानकारहरु वताउँछन्। 

भुटानी शरणार्थी

विशेष